Saturday, August 29, 2015

IRAQ NEPALI WOMAN BURNED(WATCH VIDEO)

5:05 AM





भाद्र १२, २०७२- घरेलु कामदारको लागि इराक पुगेकी पिर्ती—७, रामेछापकी ३२ वर्षीया  निरु सुनारको जलेर गत बुधबार  मृत्यु भएको छ ।
 
इराकको स्वतन्त्र राज्य कुर्दिस्थानस्थित हाइसुर्तामा कार्यरत निरु खाना पकाउने क्रममा भदौ ९ गते ग्यास चुलोको आगोले भेटेपछि जल्न पुगेकी थिइन् । उनको अर्बिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ‘दिदीले अण्डा पकाउँदै हुनुहुन्थ्यो । तेल उछिटिएर कपडामा पर्न गयो । अर्को चुलोमा बलेको आगोले भेटिहाल्यो,' निरुकी बहिनी फुलमायाले ईकान्तिपुरलाई भनिन,‘लुगामा सल्केपछि आगो निभाउन सकिनन् ।’
 
फुलमाया पनि इराकमै कार्यरत छन् । ‘जलेपछि मैले तीनदिनसम्म दिदीलाई कुरेर अस्पतालमा बसेँ,' उनले भनिन,‘उपचारको क्रममा मेरै सामुन्ने दिदीको प्राण गयो ।’
निरु इराकमा चार वर्षदेखि काम गर्दै आएकी थिइन् । ‘मलाई पनि दिदीले नै बलाउनुभएको थियो । सबै राम्रो चलिरहेको थियो,' ७ महिनाअघि पुगेकी फुलमायाले भनिन्,‘अहिले यस्तो बज्रपात आइपर्‍यो ।’
    
निरु र फुलमाया काम गर्ने घर आधाघण्टाको दुरीमा पर्छ । निरुको शव अर्बिलस्थित रोजगारी अस्पतालमा राखिएको छ । उनका साहुले जल्ने समयमा आफूहरु घरबाहिर रहेको बताएका छन् । ‘हामीले छोरी सरह पालेका थियौं । जति बसिन् । सबै जना खुसी थियौं,' गैरआबासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले साहुको भनाई उद्धत गर्दै भने,‘हामी बाहिर जानु नै निरुको लागि दशा रहेछ ।’
 
निरुका घरमालिक मालिक्नी यो घटनाबाट निकै शोकमा डुबेको गुरुङले बताए । ‘उनीहरु एकदमै भावविह्वल अवस्थामा रहेको मैले भेटेँ,' उनले भने, ‘उनीहरु निरुका छोराछोराको लागि सहयोग गर्न समेत तयार छन् ।’
निरुका १५ वर्षीय छोरा र १२ वर्षीया छोरी गाँउमै पढिरहेका छन् । ‘भिनाजुले सौता ल्याएपछि दिदी छोराछोरीलाई पढाउन इराक आउनुभएको हो,' फुलमायाले भनिन्,‘इराकको कमाइले छोराछोरीले पढिरहेको थिए ।’
उनको शव नेपाल पठाउने प्रक्रिया भइरहेको गुरुङ्ले बताए । ‘मैले पाकिस्तानस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छु,' उनले भने, ‘सबै प्रक्रिया पुरा गरेर यो सातासम्म शव पठाइसक्नेछौं ।’
निरुका परिवारलाई सहयोग गर्न अर्बिलमा कार्यरत नेपालीले सहयोग रकम उठाइरहेका छन् । यसअघि पनि एक नेपाली युवती खाना पकाउने क्रममा जलेर मुत्यु भएको थियो ।

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

© 2013 Watch Video. All rights resevered. Designed by Templateism

Back To Top