Friday, August 28, 2015

advertisement

8:16 PM

WATCH VIDEO..............


२०७२ भाद्र १२ शनिबार 
प्रहरीलाई हतियार चलाउन मुख्यालयकै अंकुश

टीकापुर हत्याकाण्ड

काठमाडौं: नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुईजना प्रहरी निरीक्षकसहित आठजना सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ तीनजना मारिने गरी गत सोमबार टीकापुरमा मच्चिएको हिंसात्मक घटनाप्रति चिन्ता प्रकट हुनु स्वाभाविकै हो।
यस्तो बेलामा पनि प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएन भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ। सिनियर प्रहरी अधिकृत एसएसपीले गोली किन चलाएनन् ? उनी एक्लै गएका थिए ? हतियार लिएर कोही प्रहरी थिएनन् ? प्रहरीले गोली नचलाउनुको रहस्य भने अर्कै रहेछ।
प्रहरी मुख्यालयको कार्य महाशाखाले भदौ २ मा देशभरका प्रहरी कार्यालयमा सञ्चार (सूचना) जारी गरेको थियो। महाशाखाले पठाएको सञ्चारको सिरियल नम्बर ३५७८ मा 'प्रहरी जवानलाई लाठी, अ श्रुग्यासबाहेक हतियार बोक्न नदिनू, जुनियर प्रहरी अधिकृतले मात्रै हतियार बोक्नू, तर चलाउनै परे त्यसको औचित्य पुष्टि हुने गरी मात्रै चलाउनू' भन्ने उल्लेख थियो।
'प्रस्तावित नेपालको संविधान २०७२ मा समावेश गरिने सीमांकनका विषयलाई लिएर देशका विभिन्न भागमा असन्तुष्ट पक्षबाट गरिँदै आएको विरोध प्रदर्शन तथा अराजक गतिविधिबाट विषम् परिस्थिति उत्पन्न भई बल प्रयोग गर्नुपर्ने अवस्था आए प्रहरी जवानले लाठी र अ श्रुग्यास मात्र प्रयोग गर्न, जुनियर प्रहरी अधिकृतले हतियार प्रयोग गर्नुपर्ने अवस्था आए कमान्डरको प्रत्यक्ष निर्देशन र निगरानीमा भीड नियन्त्रणको सिद्धान्तअनुसार पुस्ट्याइँ हुने ढंगबाट बल प्रयोग गर्न गराउनू' महाशाखाबाट जारी सञ्चारको व्यहोरामा उल्लेख छ।
कार्य महाशाखाको यही सञ्चारका आधारमा क्षेत्रीय प्रहरी कार्यालय दिपायलले मातहतका कार्यालयमा निर्देशन दियो। त्यसको प्रभाव टीकापुर घटनामा देखियो। जहाँ एसएसपी न्यौपानेसहित प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरासँंगै आठजना प्रहरीले ज्यान गुमाए।
कार्यस्थलमा एसएसपीका अंगरक्षकले मात्रै हतियार बोकेका थिए । प्रहरी निरीक्षक बिष्ट र बोहोरा निःशस्त्र भीड नियन्त्रणमा लागि गएका थिए। महाशाखाबाट जारी सञ्चारमा औचित्य पुष्टि गर्ने प्रमाण संकलन गर्नुपर्ने प्रावधान बल प्रयोग गर्नुअगाडि र भइसकेपछिको प्रमाणका लागि तस्बिर र भिडियो खिचेर राख्नुपर्ने हुन्छ।
प्रहरीका एक उच्च अधिकारीले भने, 'सञ्चार कार्य महाशाखाको निर्देशन नै टीकापुरमा प्रहरीमाथि आक्रमण गर्न आक्रमणकारीका लागि शस्त्र बन्यो।'
कार्य विभागका प्रमुख एआईजी गणेश राई भन्छन्, 'भीड नियन्त्रणको सिद्धान्तअनुसार तल्लो दर्जाले लाठी, अ श्रुग्याँस बोक्ने हो।
हतियार जुनियर प्रहरी अधिकृतले मात्रै बोक्ने हो। अहिलेको आन्दोलन लडाइँ होइन। सुनियोजित र पूर्वतयारीअनुसार प्रहरीमाथि आक्रमण गरिएको थियो। प्रत्येक जवानसँँग अटोमेटिक बन्दुक बोक्नैपर्ने हामी सेना पनि होइनौं।'
सशस्त्र प्रहरीले हतियार नचलाएको प्रति इंगित गर्दै राईले भने, 'सशस्त्रका एसपीको गाडीमा प्रहरीका एसएसपी गएका थिए। हतियार चल्न कमान्डरको आदेश चाहिन्छ । सशस्त्रले किन हतियार चलाएन? त्यो खोजीको विषय हो।'
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘हतियारको प्रयोग जिम्मेवारी ढंगबाट गर्नु' भनिएको बताए। उनले यस्तो अवस्थामा सुरक्षा निकाय संयमित भएर समन्वयात्मक भूमिकामा चल्नुपर्ने औंल्याएका छन्।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले टीकापुर घटनामा सशस्त्रले हतियार चलाए-नचलाएका बारेमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिले पत्ता लगाउने जनाएका छन्।'टीकापुर सशस्त्रले हतियार नचलाएको भए प्रहरीतर्फ झन् क्षति हुने रिपोर्ट हामीलाई आएको छ। त्यो फिल्डमा गएर बुझ्दा हुन्छ', उनले भने।




WATCH VIDEO..........

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

© 2013 Watch Video. All rights resevered. Designed by Templateism

Back To Top